सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बाख्रा चोरेको आरोपमा एक जना पक्राउ

सोमबार, ०१ जेठ २०८०, २१ : ४३
सोमबार, ०१ जेठ २०८०

जनकपुरधाम । धनुषामा बाख्रा चोरी गरेको आरोपमा एक जना  पक्राउ परेका छन् । प्रहरीले चोरी गरेको बाख्रासहित धनुषाधाम नगरपालिका ५ नौसयविघाका ६८ वर्षीय ताहिर राईनलाई पक्राउ गरेको हो । 

प्रहरीले राईनलाई मिथिला बिहारी नगरपालिका १ बाट बाख्रासहित पक्राउ गरेको जनाइएको छ । 

प्रहरीका अनुसार ५ वटा बाख्रा चोरी भएको बताए पनि ४ वटा बाख्रा फेला पारेको जनाएको छ । राईनमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप