सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको १४ लाख ८१ हजारसहित २ युवक धनगढीबाट पक्राउ

सोमबार, ०१ जेठ २०८०, २२ : ००
सोमबार, ०१ जेठ २०८०

धनगढी  । स्रोत नखुलेको ९ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

प्रहरीले धनगढी उपमहानगरपालिका–४ सहिद गेटबाट ९ लाख भारतीय रुपैयाँसहित दुई जनालाई आइतबार पक्राउ गरेको हो । 

अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रहरी सहायक निरीक्षक निरीक्षक(असई) गजेन्द्रबहादुर चन्द नेतृत्वको टोलीले पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१० जुगेडाका २८ वर्षीय विजय राना र २९ वर्षीय अक्षय राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले जानकारी दिए । धनगढीका एक व्यवसायीबाट स्रोत नखुलेको रकम लिएर मोटरसाइकलमा जुगेडातर्फ गइरहेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको साउँदले बताए ।

उनकाअनुसार उनीहरुको साथबाट ९ लाख भारतीय रुपैयाँ (पाँच सय दलका १८ सय नोट) र ४१ हजार (पाँच सय दलका ८२ नोट) नेपाली रुपैयाँ बरामद गरिएको छ । दुवै जनाको साथबाट प्रहरीले कुल नेपाली १४ लाख ८१ हजार रुपैयाँ बरामद गरिएको जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनीहरुलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग नेपालगन्जमा बुझाइने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप