आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

ज्येष्ठ सदस्यको सभापतित्वमा संसदीय समितिका बैठक सुरु

मङ्गलबार, ०२ जेठ २०८०, ०९ : ३६
मङ्गलबार, ०२ जेठ २०८०

काठमाडौँ । सार्वजनिक लेखा समितिको बैठक प्रारम्भ भएको छ । सिंहदरबारस्थित समितिको कार्यालयमा केहीबेर अघिबाट बैठक सुरु भएको हो । 

आम निर्वाचन सम्पन्न भएको पाँच महिनापछि आजबाट संसदीय समितिको बैठक सुरु भएको हो । समितिहरूको सभापति चयन भई नसकेकाले ज्येष्ठ सदस्यको सभापतित्वमा बैठक सुरु गरिएको हो । लेखा समितिका ज्येष्ठ सदस्य कांग्रेस सांसद अर्जुननरसिंह केसीको सभापतित्वमा बैठक प्रारम्भ भएको छ ।

त्यसैगरी पूर्वाधार विकास समितिको बैठक पनि सुरु भएको छ । सो समितिका ज्येष्ठ सदस्य नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीको सभापतित्वमा पूर्वाधार विकास समितिको बैठक सुरु भएको हो ।

 त्यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका  ज्येष्ठ सदस्य नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सांसद रणेन्द्र बराइलीको सभापतित्वमा बैठक बसेको छ । आजैबाट अन्य समितिका बैठक बस्दैछन् । संयुक्त २ र विषयगत १० गरी १२ वटा समितिहरू छन् ।

त्यसैगरी शिक्षा तथा स्वास्थ्य समितिमा जेष्ठ सदस्य नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद कालुराम राईको सभापतित्वमा बैठक बसिरहेको छ  भने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराको सभापतित्वमा बसिरहेको छ । 

international seemiti

siksha sameeti

sameetiudhyog sameeti

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप