जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
मङ्गलबार, ०२ जेठ २०८०, १४ : ४०
काठमाडौं । काठमाडौंको बल्खुस्थित पप्पु महर्जनको टिनको टहरामा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-२ घर भएका २५ वर्षीय राम बहादुर सिजालीलगायत रहेका छन् ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५२ हजार ५ सय रूपैयाँ र १६ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।