पूर्व गृहमन्त्री बालकृष्ण खाणको बयान आजै सक्ने तयारी
मङ्गलबार, ०२ जेठ २०८०, १६ : ००
काठमाडौँ । शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान भइरहेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा उनको बयान भइरहेको हो । प्रहरीले सोमबार पनि खाणको बयान गराएको थियो ।
तर, ५ वटा प्रश्नको उत्तर दिएपछि खाणले बयान गर्न नसक्ने भनेपछि बयान रोकेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । खाणको बयान मंगलबार पुरा गर्ने प्रहरीको तयारी छ ।