आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नक्कली शरणार्थी प्रकरण : देशभरबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन अनेरास्ववियूको सर्कुलर

मङ्गलबार, ०२ जेठ २०८०, २० : ३६
मङ्गलबार, ०२ जेठ २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरण विरुद्धमा अनेरास्ववियूले देशभरबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले जेठ ३ गते देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउन लागेको हो ।

त्यसका लागि प्रभावकारी भएर ज्ञापनपत्र बुझाउन देशभरका कमिटीहरूलाई सर्कुलर जारी गरेको छ । उक्त प्रकरणका दोषीहरू उम्कन नदिनको लागि दबाब सिर्जना गर्नुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको अध्यक्ष सुदेश पराजुलीले बताए ।

अनेरास्ववियूले जेठ ४ गते सबै जिल्लामा विरोध प्रदर्शन तथा कोणसभाको आयोजना समेत गरेको छ । उक्त कार्यक्रममा अत्यधिक रूपमा विद्यार्थीको उपस्थिति गरेर भव्य रूपमा कार्यक्रम गर्न प्रदेश, जिल्ला र मातहतका कमिटीलाई निर्देशन गरिएको अध्यक्ष पराजुलीले बताए । उक्त प्रकरणमा अनेरास्ववियूले देशव्यापी रूपमा एकल र संयुक्त रूपमा आन्दोलन गर्दै आएको छ । 

46d24e4d-db90-4c1c-bfca-1570050e4b2c

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप