सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रामप्रसादको गीतमा रोजगारका लागि विदेश पलायन हुनेको पीडा

बुधबार, ०३ जेठ २०८०, १३ : ३१
बुधबार, ०३ जेठ २०८०

काठमाडौँ । स्वदेशमा रोजगार नपाएर विदेश पलायन हुन बाध्य भएको कथालाई टिपेर निर्माण गरिएको ‘बाध्य भयौ नी’ गीत सार्वजनिक गरिएको छ । गायक रामप्रसाद पौडेलले स्वर रहेको गीतमा शब्द र संगीत पनि उनकै छ । गीत गायनमा भने रामप्रसादलाई रेजिना परियारले साथ दिएकी छिन् ।

स्वदेशमा रोजगारी नपाएको, देश बनाउने नेताहरु जिम्मेवार नभएको र साहुँको ऋण तिर्न नसकेको पिडा गीतको भिडियोमा उतारिएको छ । ‘नेपालीहरु रहरले भन्दा पनि बाध्यताले विदेश गइरहेका छन् । गीतको कथा अधिकांश नेपालीको जन जीवनमा मिल्छ’, रामप्रसाद भन्छन्– ‘यो गीतको विदेशमा गएका नेपालीलाई नेपाल फर्काउने र देशकै केहि गर्नुपर्छ भनेर सम्झाउने उद्देश्य पनि हो ।’

गीतको भिडियोमा रामप्रसादसँगै राधिका पौडेल, प्रदीप एडि, स्पन्दन पन्त लगायतको अभिनय छ । गायक रामप्रसादकै निर्देशनमा तयार भएको गीतको भिडियोलाई मनिष पन्तले खिचेका हुन् भने पदम सुवेदीले सम्पादन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप