इमरान खानले इस्लामाबाद उच्च अदालतबाट पाए अर्काे राहत
बुधबार, ०३ जेठ २०८०, १३ : ४८
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई इस्लामावाद उच्च अदालतले केही राहत दिएको छ । उच्च अदालतले इमरान खानको गिरफ्तारीमाथिको प्रतिबन्धको अवधि ३१ मेसम्म बढाएको छ ।
पीटीआईले दायर गरेको याचिकामा सुनुवाइ गर्दै अदालतले यस्तो निर्णय गरेको हो । अदालतले ३१ मे सम्म इमरानलाई कुनै पनि हालतमा पक्राउ गर्न नमिल्ने बताएको छ ।