सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लागूऔषध गाँजासहित ४ जना पक्राउ

बुधबार, ०३ जेठ २०८०, १५ : ५२
बुधबार, ०३ जेठ २०८०

काठमाडौँ । लागूऔषध गाँजासहित ४ जना पक्राउ परेका छन् । बाराबाट हेटौडा जाँदै गरेको बसमा लुकाएको १३ १३ केजी ५ सय ग्राम लागूऔषध गाँजासहित ४ जना पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका ८ का ३४ वर्षीय राजकुमार भने चन्द्र बहादुर मोक्तान, झापाको मेची नगरपालिका ६ का ४६ वर्षीय शंकर दाहाल, ३४ वर्षीय विनोद कुमार पोखरेल र रौतहटको चन्द्रपुर नगरपालिका ८ का २४ वर्षीय अर्जुन गौतम रहेका छन् । 

बस र लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूमाथि थप   अनुसन्धान भइरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप