सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

न्याम्सको निमित्त उपकुलपतिमा प्रा.डा.बस्नेत नियुक्त

बुधबार, ०३ जेठ २०८०, १६ : २५
बुधबार, ०३ जेठ २०८०

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को निमित्त उपकुलपतिमा प्रा.डा भुपेन्द्रकुमार बस्नेत नियुक्त भएका छन् । 

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रिस्तरिय निर्णयबाट न्याम्सको निमित्त उपकुलपति  प्रा.डा. बस्नेतलाई नियुक्त गरेका हुन् । 

वीर अस्पतालका निर्देशक डा. बस्नेतलाई (न्याम्सको निमित्त उपकुलपतिमा नियुक्त गरिएको मन्त्रीका प्रेस सल्लाह रामचन्द्र दुलालले जानकारी दिए ।  

यस्तै, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशकमा डा. सञ्जय ठाकुर नियुक्त भएका छन् । यसअघि ठाकुर स्वास्थ्य मन्त्रालयमा कार्यरत थिए । 

वीर अस्पतालका छाती रोग विशेषज्ञ डा प्रज्वल श्रेष्ठ राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा नियुक्त भएका छन् । लामो समयदेखि क्षयरोग केन्द्र निर्देशक विहीन थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप