आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्मार्टफोन रेड्मी १० अब छुट मूल्यमा

बुधबार, ०३ जेठ २०८०, १६ : ४३
बुधबार, ०३ जेठ २०८०

काठमाडौँ । शाओमीले रेडमी १० (२०२२) नेपाली  प्रयोगकर्ताहरूका लागि जेठ २ देखि जेठ १७ सम्मको सिमित अवधिका लागि छुट मूल्यमा उपलब्ध गराउने भएको छ । आफ्ना उपभोक्ताहरुलाई सुपथ मुल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने उद्देश्यले रेडमी १० मा अफर ल्याएको कम्पनीको भनाइ छ । 
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने, “ग्राहकहरूले सुपथ  मूल्यमा उच्च–गुणस्तरको स्मार्टफोनहरू चाहेको कुरा हामीले राम्रोसँग बुझेका छौं । हामी विश्वस्त छौं कि रेडमी १० २०२२ को प्रभावशाली सुविधाहरू र कार्यसम्पादनका साथ ग्राहकको अपेक्षाहरू पूरा गर्न गर्नेछ ।”

रेडमी १० (२०२२) ४जीबी‍ + ६४ जीबी को वास्तविक मूल्य रु २०,४९९ रहेको छ । यस्तै  छुट पछि यसको मूल्य रु १९,९९९ कायम गरिएको कम्पनीको भनाइ छ । रेडमी १० (२०२२) ६जीबी +१२६ जीबी को वास्तविक मूल्य रु २३,९९९ रहेकामा छुटपछि मूल्य रु २२,९९९ पर्ने कम्पनीको भनाइ छ । 
यो फोन  देशभरका सबै अधिकृत स्टोरहरू, आधिकारिक खुद्रा विक्रेताहरू र इ–कमर्स प्लेटफर्महरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप