सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एकसिङे गैँडाको खाग र जरायोको सिङ बेच्ने कार्यमा संलग्न ९ जना पक्राउ

बुधबार, ०३ जेठ २०८०, १७ : ०१
बुधबार, ०३ जेठ २०८०

चितवन । संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रूपमा ओसारपसार तथा खरिद बिक्री गर्ने कार्यमा संलग्न ९ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा चितवन राष्ट्रिय निकुञ्ज कार्यालय र निकुञ्ज सुरक्षार्थ तैनाथ खड्‍गदल गणबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

भरतपुर महानगरपालिका क्षेत्रमा आखेटोपहार विक्री व्यवसाय गर्ने व्यक्ति भेटिएपछि सोधपुछ गर्दा आखेटोपहार गोरखाको दशकिलो भन्ने ठाउँमा लुकाएर राखेको सूचना प्राप्त भएको थियो । सो सूचना फलो गर्दै जाँदा दशकिलोबाट ३ जना महिलाहरूलाई जरायोको सिङजस्तो देखिने आखेटोपहार बिक्री व्यवसाय गर्ने मनसायले राखेको अवस्थामा पक्राउ गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिए । 

यस्तै गोरखाकै पालुङटार नगरपालिका वडा नम्बर ६ बाट पनि ५ जना पुरुष र १ जना महिला गरी ६ जनालाई एकसिङे गैंडाको खाग जस्तो देखिने वन्यजन्तुको आखेटोपहार खरिद बिक्री व्यवसाय गर्दै गरेको अवस्थामा पक्राउ गरिएको उनले बताए । उनीहरूलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय गोरखामा पठाइएको तिवारीले बताए । 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप