सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

साहित्यिक पत्रकारिता पुरस्कार स्थापनाको लागि दवाव

बुधबार, ०३ जेठ २०८०, १७ : ४५
बुधबार, ०३ जेठ २०८०

काठमाडौँ । नेपाल साहित्यिक पत्रकार संघले साहित्यिक पत्रकारिता पुरस्कार स्थापनाको लागि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईलाई ज्ञापन पत्र बुझाएको छ ।
संघका केन्द्रीय अध्यक्ष मोहन दुवालको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले ज्ञापनपत्र बुझाएको हो । सो अवसरमा ज्ञापन पत्र बुझ्दै  कुलपति राईले नेपाली भाषा र मातृभाषामा गरी  दुईवटा राष्ट्रिय साहित्यिक पत्रकारिता पुरस्कारको स्थापना गर्न तत्पर रहेको बताए । 

साथै, साहित्यिक पत्रिकालाई प्रदान गर्दै आएको वार्षिक अनुदानलाई निरन्तरता दिने र विधिवत रूपमा दर्ता भइ सञ्चालनमा रहेका  साहित्यिक अनलाइन पत्रिकालाई समेत समेट्न प्रयत्नरत रहेको बताए ।  
सो अवसरमा प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभा, सदस्य सचिव डा धनप्रसाद सुवेदी तथा प्राज्ञ परिषद्का सदस्यहरुको पनि उपस्थिति रहेको थियोे  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप