सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

होटल फुटाएर बुद्धको मूर्ति र विदेशी मुद्रा चोर्ने एक जना पक्राउ

बुधबार, ०३ जेठ २०८०, १८ : १६
बुधबार, ०३ जेठ २०८०

काठमाडौँ । होटल फुटाएर बुद्धका साना मूर्ति र विदेशी मुद्रा चोर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका ३ का २२ वर्षीय अमृत तामाङ रहेका हुन् ।

तामाङले यही जेठ १ गते काभ्रेको बनेपा नगरपालिका ६ स्थित हरिचन्द्र पोखरेलले संचालन गरेको हाई भ्यु रिसोर्ट होटलको झ्याल फुटाएर युरो र भियतनाको ५ हजार, भारतीय २० हजार, नेपाली ५० हजार,  बुद्धका मूर्तिहरू, कम्प्युटर थान-२, आई प्याड थान-२ चोरी गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता ढुण्डीराज न्यौपानेका अनुसार तामाङले उक्त होटलबाट आधा दर्जन बुद्धका साना मूर्ति चोरेका छन् । चोरीको आरोपमा तामाङलाई मंगलबार पक्राउ गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिए । 

चोरी गरिएको समानहरू बरामद गरिएको प्रहरीले जनाएको छ । तामाङमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप