आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भ्रष्टाचार नियन्त्रणमा राज्यका सबै निकायहरू जिम्मेवार हुनुपर्छ : महालेखापरीक्षक शर्मा

बुधबार, ०३ जेठ २०८०, १८ : ३५
बुधबार, ०३ जेठ २०८०

काठमाडौँ । महालेखापरीक्षक टंकमणि शर्माले भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै निकायहरू जिम्मेवार हुनुपर्ने बताएका छन् ।  

बुधवार तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘सुशासन प्रवर्द्धनमा नागरिकको भूमिका’ विषयक कार्यक्रममा बोल्दै महालेखापरीक्षक शर्माले भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै निकायहरू बराबरी जिम्मेवार हुनुपर्ने बताएका हुन् ।  

राज्यका जिम्मेवार पदमा पुगेका व्यक्तित्वहरू पनि भ्रष्टाचार नियन्त्रणका लागि जिम्मेवार हुनुपर्ने उनले बताए । त्यसका साथै नागरिक पनि जिम्मेवार हुनुपर्ने उनको भनाई छ । उनले राज्यका निकायहरुकाबीच एकले अर्कोलाई जिम्मेवारी पन्छाउने गर्नाले अनियमितता र भ्रष्टाचार भएको बताए । 

महालेखापरीक्षक शर्माले भ्रष्टाचार हुन नदिन नागरिकले राज्यको निकायहरुमा निगरानी र खबरदारी गर्नुपर्ने बताए । नागरिकहरु आफैँपनि भ्रष्ट गतिविधि र अभ्यासहरूमा संलग्न हुनु नहुने उनको भनाई छ । 

अहिले गाउँगाउँसम्म भ्रष्टाचार बिस्तार भएको उल्लेख गर्दै उनले नागरिकहरूले स्थानीय तहले गरेका काम, कारबाहीहरुमा निगरानी र चासो राख्नुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप