जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
बिहीबार, ०४ जेठ २०८०, १२ : ००
काठमाडौं । काठमाडौंको बौद्धस्थित तिनचुलीमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।
६० वर्षीय रिन्छेन शेर्पाको होटल कमलाछीमा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
उनको होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २५ हजार ७ सय ३० रूपैयाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।