आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अपराध

नक्कली भुटानी शरणार्थी प्रकरण: यी हुन् हालसम्म पक्राउ परेका १५ आरोपी

बिहीबार, ०४ जेठ २०८०, १५ : ३८
बिहीबार, ०४ जेठ २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १५ जना पुगेको छ।  यो प्रकरणमा मुछिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियासमेत बिहीबार पक्राउ परेका छन् । 

यसअघि प्रहरीले पूर्वउपप्रधानमन्त्री र पूर्वगृहमन्त्रीसहितको भीआईपीलगायतलाई समेत पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।  

यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई समेत पक्राउ परेका छन् । यस्तै कांग्रेसका पूर्व सभासद आङ्टावा शेर्पा समेत पक्राउ परेका छन् । 

यो प्रकरणमा सबैभन्दा पहिला २०७९ चैत १२ मा  केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारी पक्राउ परेका थिए । यस्तै चैत १५ मा मोरङ घर भएका सागर राई पक्राउ परेका थिए । 

 यस्तै पूर्व गृहमन्त्री खाँणका निजी सचिव नरेन्द्र केसी, सन्देश शर्मा, सन्दीप रायमाझी, रामशरण केसी र गोविन्द चौधरी पनि पक्राउ परेका छन् ।  आज पक्राउ परेका मियाबाहेक अन्य १४ जनाविरुद्ध बुधबार ३ दिनको म्याद थप भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप