सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुनिलको ‘मोर सजना’ मा रोमान्टिक अलिशा

बिहीबार, ०४ जेठ २०८०, १२ : ४७
बिहीबार, ०४ जेठ २०८०

काठमाडौँ । गायक सुनिल दवाडीको गीत ‘मोर सजना’ सार्वजनिक भएको छ । गीत गायनमा दवाडीलाई गायिका अनु चौधरीले साथ दिएकी छन् । गीतमा उमेश मुस्कानको शब्द तथा सङ्गीत र केशव बडुको एरेन्ज छ ।

गीतको भिडियोमा भने नेपाली र थारु संस्कृतिबीच मौलाएको प्रेमकथा पस्किएको छ । भिडियोमा विकाश चौहान र अलिशा बास्तोलाले अभिनय गरेका छन् । अलिशा र विकाश एक अर्कासँग रोमान्टिक बनेका दृश्यहरू भिडियोमा छ । 

उत्सव दाहालको छायाङ्कन, विकास दाहालको सम्पादन रहेको भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप