सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चन्दा असुलेको आरोपमा दुईजना पक्राउ

बिहीबार, ०४ जेठ २०८०, १३ : ३४
बिहीबार, ०४ जेठ २०८०

काठमाडौँ । चन्दा असुलेको आरोपमा प्रहरीले दुई जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनको सचिवालय सदस्य धनबहादुर चन्दसहित दुईजना छन् । चन्दा असुलेको आरोपमा पक्राउ परेका बैतडी घर भएका अमृत कार्की अखिल नेपाल ट्रेड युनियन मजदुर संघको सदस्य हुन् । धनबहादुर चन्द सल्यानका स्थानीय हुन् ।

दुवै जनालाई काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) सिताराम रिजालले रातोपाटीलाई बताए । आरोपीहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप