आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
भुटानी शरणार्थी प्रकरण

भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल प्रहरी नियन्त्रणमा

बिहीबार, ०४ जेठ २०८०, १७ : ३३
बिहीबार, ०४ जेठ २०८०

काठमाडौँ । भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेसम्बन्धी ठगी कार्यमा उनले समेत मिलेमतो गरेको पाइएपछि प्रहरीले आज उनलाई सोधपुछका लागि बोलाएको थियो ।

सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँमा पुगेका रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको उपत्यका प्रहरी कार्यालयका एआईजी श्याम ज्ञवालीले पुष्टि गरे ।

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मोरङका सागर राईले रिजाललाई समेत मुछेका छन् । राईले बयानका क्रममा रिजाललाई ७ लाख रुपैयाँ दिएको दाबी गरेको अनुसन्धानमा खटिएका एक प्रहरीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप