सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुर्खेतमा फोर्स गाडी दुर्घटना, एक जना घाइते

हुम्लाका एम्बुलेन्स चालक कर्णाली नदीमा बेपत्ता
बिहीबार, ०४ जेठ २०८०, १८ : ४२
बिहीबार, ०४ जेठ २०८०

सुर्खेत । सुर्खेतमा फोर्स गाडी दुर्घटना भएको छ । पश्चिम सुर्खेतको विद्यापुरदेखि वीरेन्द्रनगरतर्फ आउँदै गरेको भे१अ २५८० नम्बरको गाडी बराहताल गाउँपालिकाको बड्डीचौरस्थित सोतखोला पुलमा बिहीबार दुर्घटना भएको हो । 

प्रहरी चौकी बड्डीचौरका अनुसार गाडीको ब्रेक फेल भएर पुलमा ठोक्किएको थियो । प्रहरीका अनुसार गाडीमा सामान्य क्षति भएको छ भने एक जना यात्रु घाइते भएका छन् । 

यस्तै हुम्लाको अदानचुली गाउँपालिकाका एम्बुलेन्स चालक कर्णाली नदीमा बेपत्ता भएका छन् । बिहीबार कर्णाली नदीमा माछा मार्न गएका एम्बुलेन्स चालक छक्क बुढा कर्णाली नदीमा बेपत्ता भएको प्रहरीले जनाएको हो । 

हुम्ला प्रहरीका अनुसार उनी माछा मार्ने क्रममा चिप्लएर नदीमा बेपत्ता भएका हुन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप