आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

१६ औँ नम्बरमा पक्राउ परेका भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल २ दिन हिरासतमा रहने

बिहीबार, ०४ जेठ २०८०, २३ : १९
बिहीबार, ०४ जेठ २०८०

काठमाडौँ । असली भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई दुई दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा रिजालको समेत संलग्नता खुलेपछि उनलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो । 

सो लगत्तै प्रहरीले जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएकामा अदालतले दुई दिन हिरासतमा राख्ने अनुमति दिएको हो । 

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँका प्रमुख अच्युतमणि नेउपानेले उनलाई बिहीबारदेखि लागू हुने गरी दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको जानकारी दिए ।

यो प्रकरणमा हालसम्म रिजालसहित १६ जना पक्राउ परिसकेका हुन् । पक्राउ पर्नेमा रिजाल १६ औँ नम्बरका अभियुक्त बनेका छन् । आफैँ भुटानी शरणार्थी रिजालमाथि नेपालीलाई नक्कली शरणार्थी बनाउने धन्दामा संलग्न भएको गम्भीर आरोप लागेको छ ।

यसैबीच नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पनि अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न दुई दिनको म्याद दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप