सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

शुक्रबार, ०५ जेठ २०८०, ०८ : ५०
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुदैँछ । जसअनुसार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुईवटा र एन्फा कम्प्लेक्स, सातदोबाटोमा एक खेल हुँदैछ । 

रङ्गशालामा हुने पहिलो खेलमा खुमलटार र त्रिभुवन आर्मी क्लब एक आपसमा भिड्नेछन् । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुन्छ । 

यसैगरी दोस्रो खेलमा चर्च ब्वाईज र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।  

यता, एन्फा कम्प्लेक्स सातदोवाटोमा दिउँसो ३ बजेबाट सुरु हुने भनिएको एक मात्र खेलमा भने हिमालय शेर्पा र एपिएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप