सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
संसदमा राष्ट्रपतिको सम्बोधन

राष्ट्रपति पौडेल संसद भवन जाँदा तामझाम नगरिने

शुक्रबार, ०५ जेठ २०८०, १२ : १४
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल शुक्रवार (आज) सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् जाँदै छन् । सङ्घीय संसद्का दुवै सदनलाई सम्बोधन गर्न बिना तामझाम सङ्घीय संसद भवन बानेश्वर जाने भएका हुन् । राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरलेका अनुसार राष्ट्रपति पौडेलले कुनै तामझाम नगर्न निर्देशन दिएका छन् । सडक अवरोध हुने र नागरिकले सास्ती पाउने गरी तयारी नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका उनको भनाइ छ । 

गत  फागुन २५ मा निर्वाचित पाैडेलले पहिलाे पटक सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् । तर, सामान्य रूपमा संसद् गएर फर्कने राष्ट्रपति पाैडेलकाे तयारी रहेकाे पोखरेलले बताए । ‘सडक खाली गराएर तामझाम हुँदैन । पुरानो परम्परा पुरै नमास्ने भनिरहेको छ । त्यसका लागि संसद् पुग्ने बेलामा बग्गी अगाडि लाग्छ । राष्ट्रपति निवासबाट तामझाम हुँदैन,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप