सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लक्ष्मण श्रीको ‘म तिम्रै डल्ले हो’ मा सरोज र आश्माको रोमान्स

शुक्रबार, ०५ जेठ २०८०, १४ : ३६
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । गायक लक्ष्मण श्रीको नयाँ गीत ‘म तिम्रै डल्ले हो’ सार्वजनिक भएको छ । एकनारायण भण्डारीको शब्द आशिष अविरलको संगीत रहेको गीत गायनमा लक्ष्मणलाई गायिका मिलन नेवारको साथ दिएकी छन् । 

प्रेमभाव प्रकट गर्ने गीतको भिडियो पनि बनेको छ । जसमा सरोज अधिकारी, आश्मा विश्वकर्मा, लक्ष्मण श्री र स्मारिका ढकालको अभिनय छ । डान्सिङ बिटमा तयार भएको गीतको भिडियो ‘कार्टुन क्रु’का सरोज अधिकारीले निर्देशन, कोरियोग्राफी तथा सम्पादन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप