सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
सरकारको नीति तथा कार्यक्रम

रुस-युक्रेन युद्धले आपूर्ति प्रणाली नै खल्बलियो : राष्ट्रपति पौडेल

शुक्रबार, ०५ जेठ २०८०, १६ : ३०
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले रुस युक्रेन युद्धका कारण देशको अर्थतन्त्रमा समस्या आएको बताएका छन् । आज प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा रुस युक्रेन युद्धका कारण देशको अर्थतन्त्रमा समस्या आएको बताएका हुन् ।

उनले रुस युक्रेन युद्धकासँग विविध काराणले देशको अर्थतन्त्रको बाह्य क्षेत्रमा चाप उत्पन्न हुनुका साथै आपूर्ति श्रृंखला समेत प्रभावित बनेको बताए । उनले अर्थतन्त्रको बाह्य क्षेत्र र उद्योगको अवस्था सुधार गर्दै लगानीको अवस्था समेत सुधार गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

राष्ट्रपति  पौडेलले चूनौतीपूर्ण अवस्थालाई समाधान गर्दै आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिको लक्ष्य भेट्ने गरी योजना अघि बढाउन आवश्यक रहेको समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप