सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
सरकारको नीति तथा कार्यक्रम

प्रत्येक पालिकामा सित भण्डारण स्थापना गरिने

शुक्रबार, ०५ जेठ २०८०, १६ : ४०
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । सरकारले कृषि उत्पादन र प्रवर्द्धनमा विशेष महत्त्व दिँदै प्रत्येक पालिकामा एक एक वटा सितभण्डारणसहित उत्पादन केन्द्र बनाउने जनाएको छ ।

आगामी आर्थिक वर्षको बजेटमार्फत दुर्गम क्षेत्रमा खाद्यान्नको सहज आपूर्तिसहित खाद्यान्न भण्डारणको क्षमता वृद्धि गर्ने जनाएको छ । 

कृषि उत्पादन, मल बिउ बिजनको सहज उपलब्धतासहित कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोकिने सरकारले जनाएको छ । 

भूमिको चक्लाबन्दीलाई विशेष प्रोत्साहन गरिने समेत सरकारले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप