सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सरकारले गरिब घरपरिवारलाई दुई वर्षभित्र परिचयपत्र प्रदान गर्ने

शुक्रबार, ०५ जेठ २०८०, १६ : ५६
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । सरकारले गरिब घरपरिवार पहिचान र गरिब परिचय पत्र वितरण दुई वर्षभित्र सम्पन्न गर्ने भएको छ । 

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत यस्तो घोषणा गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण दुई वर्षभित्र सम्पन्न गर्ने बताएका हुन् । 

उनले गरिब घर परिचयपत्रलाई राष्ट्रिय परिचय पत्रमा आबद्ध गर्दै सामाजिक सुरक्षा कार्डमा रूपान्तरण गरिने पनि सरकारको कार्यक्रममा समेटिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप