सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

खर्च बढाइरहेका सार्वजनिक संस्था र सरकारी कार्यालयलाई आपसमा गाभ्ने सरकारको योजना

शुक्रबार, ०५ जेठ २०८०, १६ : ५८
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । सरकारले सरकारी लक्ष्य तथा उद्देश्यअनुसार सञ्चालन हुन नसकेका सार्वजनिक संस्थालाई आपसमा गाभ्ने नीति लिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबाट लक्ष्य र उद्देश्य प्राप्त नभएका र खर्च बढाइरहेका सार्वजनिक संस्थाहरूलाई आपसमा गाभ्ने नीति सरकारले लिएको हो ।

प्रतिनिधि सभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी संस्था, कार्यालय र सार्वजनिक संस्थालाई आपसमा गाभ्ने नीति लिएको बताएका हुन् । यस्तै, सरकारले विकास समिति तथा कोषहरुलाई समेत आपसमा गाभ्ने नीति लिएको राष्ट्रपति पौडेलले बताए ।

यस्तै, यस्ता संस्थाहरूको सम्पत्ति व्यवस्थापन र जनशक्ति व्यवस्थापनका लागि आवश्यक कानुन समेत निर्माण गर्ने भएको छ । अध्ययनका आधारमा बन्द तथा रुग्ण अवस्थामा रहेका सार्वजनिक संस्थाहरूको पुनःसंरचनाका लागि समेत कदम चाल्ने योजना राष्ट्रपति पौडेलले सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप