सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
सरकारको नीति तथा कार्यक्रम

गोरखकालीलगायत बन्द तीन उद्योग सञ्चालन गर्ने

शुक्रबार, ०५ जेठ २०८०, १७ : ०७
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । सरकारले गोरखकाली रबर उद्योग लगायतका बन्द तीन उद्योग सञ्चालनमा ल्याउने भएको छ । 

सरकारले आफ्नो नीति तथा कार्यक्रममा लामो समयदेखि बन्द तथा रुग्ण उद्योगहरू सञ्चालन, खारेजी र एकीकरण वा आवश्यक व्यवस्थापनको विषयमा एक उच्चस्तरीय अध्ययन समिति गठन गर्दै बन्द तीन उद्योग सञ्चालन गर्ने घोषणा गरेको हो ।

 ‘पुन सञ्चालनको सम्भावना रहेका हेटौडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखानालाई सञ्चलनमा ल्याइने छ’, राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कार्यक्रम वाचन गर्दै घोषणा गरेका छन्,  ‘निजी क्षेत्रको सहकार्यमा औद्योगिक ग्राम सञ्चालन गरिनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप