सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वन पैदावरको प्रयोग बढाएर काठमा आत्मनिर्भर बन्ने सरकारको उद्घोष

शुक्रबार, ०५ जेठ २०८०, १७ : १४
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि काठ र काठजन्य वस्तुमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको छ । नेपालमा रहेका वनजन्य स्रोतको सदुपयोग र व्यवस्थित गर्दै काठजन्य वस्तुमा आत्मनिर्भरको योजना बनाएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्षदेखि काठमा आत्मनिर्भर बन्ने योजना सुनाएका हुन् । उनले तीनै तहका सरकारको सहकार्यमा वन व्यवस्थापन तथा संरक्षण गर्ने बताए ।

उनले दिगो वन व्यवस्थापनमार्फत काठमा आत्मनिर्भर तथा वनजन्य स्रोतको सदुपयोग गर्ने बताए । यस्तै, विकास निर्माणमा भइरहेको वनको झन्झटलाई समेत घटाउने राष्ट्रपति पौडेलले बताए ।  राष्ट्रपति पौडेलले नीजि वनको प्रवर्द्धन गर्ने नीति समेत सरकारले लिएको बताए । काठ तथा अन्य वन पैदावरको आयातलाई निरुत्साहित गर्ने तथा सम्भाव्य वन क्षेत्रमा कृषि तथा फलफूल उत्पादन गर्न एकीकृत कार्यक्रम सञ्चालनमा ल्याउने समेत उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप