सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाललाई चलचित्र पर्यटनको रूपमा विकास र विस्तार गरिने

शुक्रबार, ०५ जेठ २०८०, १७ : १८
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको रूपमा विकास र बिस्तार गरिने बताएका छन् । 

सरकारले तयार पारेको आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन । 

उनले नयाँ हिमाल आरोहणका लागि खुला गरिने जानकारी गराए ।  हिमाल आरोही तथा साहसिक पर्यटकको भरपर्दो उद्धारको व्यवस्था गरिने पनि  बताएका छन्  । 

साहसिक पर्यटनको नयाँ विद्याहरूको खोज गर्नुका साथै चलचित्र पर्यटनको विकास र विस्तार गरिने जानकारी गराए । राष्ट्रपति पौडेलले भने,‘अन्तर्राष्ट्रिय चलचित्र छायाँङ्कनका लागि नेपालका प्रमुख आकर्षक ठाउँहरूलाई प्रवर्द्धन गरिने छ । अन्तर्राष्ट्रिय स्तरमा चलचित्रका लोकप्रिय व्यक्तिहरूलाई आमन्त्रण गरी पर्यटन क्षेत्रको प्रवर्द्धन गरिनेछ । अन्तर्राष्ट्रिय भूमिमा नेपालको कला साहित्य भाषा, संस्कृति, पर्यटनको प्रवर्द्धनमा उत्कृष्ट सहयोग पुर्‍याउने विदेशी नागरिकलाई निजी क्षेत्रसँगको सहकार्यमा सगरमाथा विशेष सम्मान प्रदान गरिनेछ ।’ 

यस्तै २०८० को दशकलाई नेपाल भ्रमण दशकको रूपमा र २०८५ लाई विशेष पर्यटन भ्रमण वर्षको रूपमा मनाइने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप