सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रेडियो नेपाल र नेपाल टेलिभिजनलाई आपसमा गाभिने

शुक्रबार, ०५ जेठ २०८०, १७ : २९
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षमा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई आपसमा गाभिने बताएका छन् । सार्वजनिक सेवा प्रसारणको व्यवस्था गर्न यी दुई मिडियालाई आपसमा गाभेर एकीकृत प्रसारण सेवा सुरु गर्ने जानकारी दिए । 

आगामी आर्थिक वर्षका लागि सरकारले तयार पारेको नीति तथा कार्यक्रम वाचन गर्दै पौडेलले यसबारे जानकारी गराएका हुन ।  

यस्तै प्रेस काउन्सिललाई सबै सञ्चार माध्यमबाट प्रकाशन तथा प्रसारण हुने सबै विषयवस्तुको नियमन गर्ने गरी नयाँ कानुनी व्यवस्थासहित मिडिया काउन्सिलमा रूपान्तरण गरिने बताए । 

मर्यादित पत्रकारिता विकासमा लागि आवश्यक नीति बनाइने, पत्रकारितालाई ज्ञानमा आधारित उद्योगको रूपमा विकास गरिने उनले बताए । 

यस्तै जनतालाई वडा तहबाट नै अनलाइन सेवा प्रदान गरिने उनले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप