सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रत्येक शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक उपलब्धताको सुनिश्चित गरिने

शुक्रबार, ०५ जेठ २०८०, १७ : ५९
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । सरकारले प्रत्येक शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तकको उपलब्धताको सुनिश्चितता गर्ने भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस वर्षझैँ आगामी वर्षमा पनि शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक उपलब्ध गराउने बताएका हुन् । 

आगामी वर्षमा समेत शैक्षिक सत्रको सुरुमा नै पाठ्यपुस्तक उपलब्ध गराउने गरी प्रबन्ध मिलाउने बताएका हुन् । 

विगतका वर्षको शैक्षिक सत्रको अन्त्यमा समेत पाठ्यपुस्तक नपाउने समस्या देखिँदै आएको थियो । 

तर, यो शैक्षिक सत्रमा भने समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुगेका छन् । आगामी शैक्षिक सत्रहरूमा समेत त्यसको सुनिश्चितता सरकारले गरेको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप