सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भ्रटाचारविरुद्धको अभियानलाई सघन बनाउने सरकारको घोषणा

शुक्रबार, ०५ जेठ २०८०, १८ : १०
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । सरकारले भ्रष्टाचारविरुद्धको अभियानलाई सशक्त पार्ने भएको छ । सरकारले आफ्नो नीति तथा कार्यक्रममार्फत भ्रष्टाचार विरोधी अभियानलाई सशक्त र सघन बनाउने घोषणा गरेको हो । 

‘भ्रष्टाचारविरुद्धको अभियानलाई अझ सघन बनाएर राज्यका सबै तह र संरचनामा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई थप कडाइका साथ कार्यान्वयन गरिनेछ’, नीति तथा कार्यक्रममा भनिएको छ ।

त्यस्तै सरकारले अनियमितता, भ्रष्टाचार, कर छली कृत्रिम अभाव, कालोबजारी,व्यावसायिक एकाधिकार लगायतका सुशासन विरोधी क्रियाकलापमा जनताका गुनासालाई तत्काल र प्रभावकारी सम्बोधन गर्न प्रधानमन्त्रीको सुपरिवेक्षणमा राष्ट्रिय सतर्कता केन्द्रलाई आवश्यक जनशक्ति र प्रविधि उपलब्ध गराउने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप