सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

छुट्टै साइबर सुरक्षा ऐन, सरकारी डाटाको सुरक्षा गर्न ‘डिजास्टर रिकभरी सेन्टर'

शुक्रबार, ०५ जेठ २०८०, २१ : ११
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत साइबर सुरक्षालाई विशेष प्राथमिक्ता दिएको छ । आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले साइबर सुरक्षालाई विशेष प्राथमिक्तामा राख्ने घोषणा गरेका हुन् ।

यसका लागि सरकारले छुट्टै साइबर सुरक्षा ऐनको परिकल्पना समेत गरेको छ । राष्ट्रपति पौडेलले राष्ट्रिय साइबर सुरक्षा केन्द्र सञ्चालनमा ल्याउने घोषणा गर्दै ललितपुरमा राष्ट्रिय ज्ञान पार्क स्थापना गर्ने समेत बताए । अत्यावश्यक सरकारी विद्युतीय सेवा सुरक्षित गर्ने लक्ष्यसहित डिजास्टर रिकभरी सेन्टर स्थापना गर्ने समेत उनले घोषणा गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप