सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हेलो सरकारलाई स्थानीय तहसम्म लैजाने

शुक्रबार, ०५ जेठ २०८०, १८ : २४
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौं । सरकारले ‘हेलो सरकार’ लाई स्थानीय तहसम्मै विस्तार गर्ने भएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हेलो सरकारलाई थप प्रभावकारी बनाउन स्थानीय तहसम्मै लगेर गुनासो सुन्ने व्यवस्था मिलाउने बताएका हुन् ।

उनले सरकारी सेवा कार्यालयबाट हुने सेवा प्रवाहलाई गुणस्तर र थप प्रभावकारी बनाउने बताए । हेलो सरकारको गुनासो अहिले प्रधानमन्त्री कार्यालयमा मात्रै आउने गर्छ। प्रधानमन्त्री कार्यालयमा आएका गुनासोलाई सम्बन्धित सरकारी कार्यालयमा पठाई गुनासो सम्बोधन गर्न निर्देशन हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप