सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पढ्दै कमाउँदै कार्यक्रमलाई, कमाउँदै पढ्दैमा परिमार्जन

शुक्रबार, ०५ जेठ २०८०, १८ : २७
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौं । सरकारले पढ्दै कमाउँदै कार्यक्रमलाई कमाउँदै पढ्दैमा पनि परिमार्जन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हाल विद्यमान रहेको पढ्दै कमाउँदै कार्यक्रमलाई कमाउँदै पढ्दै कार्यक्रममा परिमार्जन गर्ने बताएका हुन् ।  विद्यालय तहको पाठ्यक्रममा समसामयिक पुनरवलोकन गरिने राष्ट्रपति पौडेलले बताए । 

‘आधारभूत तहमा गुणस्तरीय शिक्षामा पहुँच वृद्धि गरिने छ। दलित, अल्पसंख्यक, लोपोन्मुख, पछाडि पारिएको क्षेत्र, दुर्गम तथा हिमाली क्षेत्र र आर्थिकरूपले विपन्न तथा अपांगता भएका बालबालिकालाई विशेष कार्यक्रम सञ्चालन गरिने छ। शिक्षा क्षेत्रका सबै छात्रवृत्ति एकद्वार प्रणालीमार्फत् लागु गरिने छ। विपन्न लक्षितलाई विस्तार गरिने छ,ु राष्ट्रपति पौडेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप