सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बालिका बलात्कारका फरार आरोपी पक्राउ

शनिबार, ०६ जेठ २०८०, १४ : ४०
शनिबार, ०६ जेठ २०८०

बारा । १३ वर्षीया बालिकालाई बलात्कार गरी फरार एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । गत वर्षको कार्तिक १६ गते जिल्लाको आदर्शकोतवाल गाउँपालिका–३ मा घर बाहिर शौचालय गर्न गएकी बालिकालाई दुईजना युवकले बलात्कार गरी फरार भएका थिए ।

आरोपीमध्ये एक २५ वर्षीय विशोरी बैठा धोबीलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले शुक्रबार काभ्रेमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो । घटनामा थप एक जना फरार रहेको प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप