मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नीति तथा कार्यक्रममाथि एमालेले विरोध जनाउने

आइतबार, ०७ जेठ २०८०, ०६ : ५०
आइतबार, ०७ जेठ २०८०

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज टिप्पणी गर्ने भएका छन् । 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रबार ल्याएको नीति तथा कार्यक्रमले मुलुक र मुलुकको अर्थतन्त्रलाई गति दिन नसक्ने भन्दै ओलीले यसको विरोध गर्दै आएका छन् । 

प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका अध्यक्ष ओलीले सो नीति तथा कार्यक्रमलाई पार्टीले पारित गर्न नसक्ने बताएका छन् ।   

ओलीले आफ्ना सांसद्हरुलाई पनि सरकारको नीति तथा कार्यक्रमको विरोध गर्न निर्देशन दिइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप