आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ढुङ्गामुनि लुकाएर लाँदै गरेको काठसहित ट्याक्टर सशस्त्र प्रहरीद्वारा बरामद

आइतबार, ०७ जेठ २०८०, १० : ३६
आइतबार, ०७ जेठ २०८०

रौतहट । रौतहट स्थित ढुङ्गामुनि लुकाएर लाँदै गरेको सालको गोलिया काठ सहितको ट्याक्टर सशस्त्र प्रहरीले बरामद गरेको छ । 

चन्द्रपुर नगरपालिका ३ को गैडाटारबाट लोड गरेर वडा १०  बालचनपुर लाँदै गरेको अवस्थामा ना ४त ८३६६ नम्बरको ट्र्याक्टर  सशक्त प्रहरीको टोलीले बरामद गरेको  हो । बालचनपुरका चिरानमिल सञ्चालक मुकेश साहले ५ थान सालको गोलिया ढुङ्गा मुनी लुकाएर ट्रेक्टर लोड लाँदै गरेको सूचनाको आधारमा सन्तपुर स्थित सशस्त्र बेसकाको  प टोलीले  बरामद गरेको हो । 

बरामद काठ सहितको ट्याक्टर डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ । ट्याक्टर चालक चन्द्रपुर १० का २३ वर्षका फिरोज मन्सुरी पक्राउ परेको तथा ट्याक्टर धनी चिरान मिल सञ्चालक मुकेश साह सशस्त्र प्रहरीलाई देख्नासाथ फरार भएको थियो ।

बरामद ५० क्युफिट सालको गोलिया काठ, ट्र्याक्टर र चालक नियन्त्रणमा रहेको तथा आवश्यक अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख सुनिल कर्णले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप