मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतबार, ०७ जेठ २०८०, ११ : १६
आइतबार, ०७ जेठ २०८०

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । आजको मूल्यसूची तय गर्दै महासंघले शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ८०० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो । 

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ । गत साताको शुक्रबार १ लाख ९ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ७०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १३ सय ८५ रुपैयाँ कायम भएको जनाएको छ । जुन, गत साताको शुक्रबार तोलामा १३ सय ७० रुपैयाँ कायम छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप