आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नीति तथा कार्यक्रममाथि छलफल

प्रधानमन्त्रीलाई ओलीको प्रश्न : दातृ निकायको ब्रिफिङमा राजस्व संकलन गर्न कठिनाई भएको भन्न मिल्छ ?

आइतबार, ०७ जेठ २०८०, १२ : ३८
आइतबार, ०७ जेठ २०८०

काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दातृ निकायको ब्रिफिङमा देशको राजस्व संकलन गर्न कठिनाई भइरहेको भन्ने मिल्छ भन्दै प्रश्न गरेका छन् । संसदमा बोल्दै ओलीले राजस्व संकलन गर्न सरकारले अन्तर्राष्ट्रिय निकायलाई गुमार्न मिल्छ भन्दै प्रश्न गरेका हुन् ।

‘प्रधानमन्त्रीजीले दातृ निकायको प्रमुखहरुको ब्रिफिङमा राजस्व संकलन गर्न कठिनाई भइरहेको उल्लेख गर्नु भएछ । राजस्व संकलन गर्न सरकारले अन्तर्राष्ट्रिय निकायलाई गुहार्न मिल्छ ? राजस्व उठाउने प्राथमिक कर्तव्य सरकारको होइन र ?’ ओलीले भने, ‘सरकार प्रारम्भिक कर्तव्यमै असफल भइसकेको छ । त्यहीँ असफलाको दस्तावेजको रुपमा नीति तथा कार्यक्रम आएको छ ।’

प्रधानमन्त्रीले कुटनीतिक निकायसँग राखेको धारणालाई ठिक मान्न नसकिने ओलीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप