आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यो गठबन्धन दुःखको कारक बन्न पुग्यो : ओली

आइतबार, ०७ जेठ २०८०, १२ : ४१
आइतबार, ०७ जेठ २०८०

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धन दुःखको कारक बन्न पुगेको टिप्पणी गरेका छन् । आइतबार संसद् बैठकमा बोल्दै ओलीले नीति तथा कार्यक्रम आर्थिक दस्ताबेज 'पोलिसी प्यारालाइज'को नमुना बनेको उल्लेख गरे ।

यो गठबन्धन देश र जनताका लागि कष्ट दिएको ओलीले बताए । ‘प्रधानमन्त्री जीलाई लाग्या होला । यो सरकार राम्रो छ, सफल छ भनिदिए हुन्थ्यो । तथ्याङ्कहरूले त्यस्तो बोल्दैन । तथ्यहरूले अर्कै बोल्छन् हामीले कसरी समर्थन गर्ने ? कसरी प्रशंसा गर्नु ?’ ओलीले भने, ‘तथ्याङ्क राम्रो हुँदा त्यति बेलाको सरकार नढाली नहुने भएको थियो । अस्ति एक जना मित्रले भन्नुभयो । यहीँ दिन देख्नलाई यो गर्नु पर्याथ्यो । के देशलाई ओरालो लगाउन, अर्थतन्त्रलाई ध्वस्त बनाउन यो गठबन्धन भन्नु परेको थियो ?’ 

यो सरकार विगतका उपलब्धिलाई समाप्त पार्ने दिशामा अघि बढेको आरोप समेत ओलीले  लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप