आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यो सरकारबाट मातृभूमिको रक्षा हुन कठिन छ : ओली

आइतबार, ०७ जेठ २०८०, १३ : १५
आइतबार, ०७ जेठ २०८०

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले यो सरकारबाट मातृभूमिको रक्षा हुन कठिन देखिएको टिप्पणी गरेका छन् । आइतबार  संसदमा बोल्दै ओलीले नीति तथा कार्यक्रमको १८५ नम्बर बुँदामा संविधानको अनुसूचीमा रहेको नेपालको नक्सा अटाउन नसकेको बताए । 

‘यो सरकारबाट मातृभूमिको रक्षा हुन कठिन छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालमा पर्छ कि पर्दैन ? यो सरकारलाई थाहा भएको देखिएन । प्रस्तावित नीति तथा कार्यक्रमको बुँदा १८५ मा संविधानको अनुसूचीमा रहेको नेपालको नक्सा अटाउन सकेको छैन । केही बोलिएको छैन’ ओलीले भने, ‘प्रधानमन्त्रीज्यू केही दिनमै भारत भ्रमणमा जाँदै हुनुहुन्छ । त्यसो हुनाले गम्भीर समस्या देख्छु । परराष्ट्रको सम्बन्धमा एउटा कुरा बुझ्नुपर्छ । भारत हाम्रो छिमेकी राष्ट्र हो । मित्रसँग आफूलाई परेको मर्का आफ्ना कुरा खुलस्त गर्न किन नसक्ने हो ? खुलस्त कुरा नगरी कसरी समस्या समाधान हुन्छ ? खुलस्त छलफल गरेर समस्या समाधान गर्नुपर्यो ।’

 भारत भ्रमणमा गएपछि प्रधानमन्त्रीले चिसो र कायर मन राख्न नहुने ओलीले बताए । ‘आफ्ना कुरा राख्न नसक्ने र बोल्न नसक्ने त्यो खालको हुनुभएन । मित्रसँग मित्रतापूर्व रुपमा खुलस्त कुरा गर्नुपर्यो । यसो गर्दा सबैलाई फाइदा हुन्छ’ ओलीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप