सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राजधानीको डान्सबारबाट ३ जना भारतीय पर्यटक लुटिए, २ नेपाली पक्राउ

आइतबार, ०७ जेठ २०८०, १९ : ४५
आइतबार, ०७ जेठ २०८०

काठमाडौँ । काठमाडौँको डान्सबारबाट तीन जना भारतीय पर्यटक लुटिएका छन् । जेठ ३ गते राति कोटेश्वरस्थित डान्सबारमा पुगेका भारतीय पर्यटकहरू जगदिश प्रसाद शर्मा, सन्तोष कुमार शर्मा र अञ्जनी पारिक लुटपाटमा परेका हुन् । 

उनीहरुई डर त्रास देखाई दुई नेपाली युवाले साथमा भएको नगद लुट्नुका साथै मोबाइल फोनबाट रकमसमेत ट्रान्सफर गराएर फरार भएका थिए । सो कार्यमा संलग्न  पदम बहादुर शाही र रन भन्ने ओम प्रकाश ऐरीलाई प्रहरीले पक्राउ गरेको छ । 

नुवाकोटको तारकेश्वरका शाही र कैलालीको धनगढीका ऐरीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिंहदरबार दक्षिणगेट अगाडिबाट पक्राउ गरेको हो । उनीहरुलाई कारबाही प्रक्रिया अघि बढाउन प्रहरी वृत्त बानेश्वर पठाइएकोमा जिल्ला अदालतबाट ४ दिनको म्याद थप भएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप