सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दुबई जाने प्रलोभनमा १७ जना ठगिए, रकम उठाएर भाग्ने बानेश्वरबाट पक्राउ

आइतबार, ०७ जेठ २०८०, २० : २०
आइतबार, ०७ जेठ २०८०

काठमाडौँ । दुबईमा आकर्षक तलब हुने भन्दै १७ जनालाई प्रलोभनमा पारेर ठगी गर्ने कार्यमा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका वडा नम्बर ६ स्थायी घर भई हाल  कपन आकाशेधारा बस्ने २९ वर्षीय उमेश रिमाल रहेको प्रहरीले जनाएको छ ।

रिमालसहितको टोलीले अनिष श्रेष्ठसहित १७ जनालाई ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । रोजगारीको लागि दुबईमा जान प्रतिव्यक्ति दुई लाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि ५० हजार तलब पक्का हुने भन्दै उनले पीडितलाई प्रलोभनमा पारेका थिए । 

पीडितहरुबाट ९ लाख ५० हजार रुपैयाँ उठाएपछि रिमाल फरार भएका थिए । यससम्बन्धमा वैदेशिक रोजगार विभागमा परेको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले  रिमाललाई आइतबार नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । आरोपीलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप