शंखमुल पार्कमा किशोरमाथि खुँडा प्रहार, एकजना पक्राउ
आइतबार, ०७ जेठ २०८०, २१ : ५१
काठमाडौँ । काठमाडौंको शंखमुल पार्कमा किशोरमाथि खुँडा प्रहार भएको छ । खुँडा प्रहारबाट १९ वर्षीय रोहितजंग शाही घाइते भएका छन् । कैलाली घर भएका शाही बुद्दनगरमा बस्छन् ।
आपसमा विवाद हुँदा कैलाली घर भएर बल्खु बस्ने करण विष्टले खुँडा प्रहार गरेको ललितपुरका एसएसपी सिद्धिबिक्रम शाहले रातोपाटीलाई बताए । खुँडा प्रहार गरेको आरोपमा प्रहरीले करणलाई पक्राउ गरेको छ । घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।