आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुझाइँदै

सोमबार, ०८ जेठ २०८०, ०७ : ०२
सोमबार, ०८ जेठ २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थीमा मुछिएकाहरु माथीको अनुसन्धान प्रतिवेदन आज बुझाइँदैछ । जिल्ला प्रहरी कार्यालयले हालै पक्राउ परेका माथिी गरिएको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउन लागेको हो । 

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको निष्कर्षका साथ आज प्रतिवेदन बुझाउन लागिएको हो । 

सो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँड, पूर्व मन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलगायतलाई पक्राउ गरी झन्डै दुई महिनादेखि जारी अनुसन्धानको प्रारम्भिक प्रतिवेदन बुझाउन लागेको प्रहरीले जनाएको छ । हिजै बुझाउने भनिए पनि कागजातका अपुग भएपछि आज बुझाउन लागिएको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप