सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लागुऔषधसहित वीरेन्द्रनगरबाट चार जना पक्राउ

सोमबार, ०८ जेठ २०८०, ०७ : ३५
सोमबार, ०८ जेठ २०८०

सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट चार जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । विशेष स्रोतको जानकारी पाएको प्रहरीले वीरेन्द्रनगर नगरपालिका–१२ पदमपुरबाट उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर –१२ का १८ वर्षीय राजेश सोनी, ११ का ४० वर्षीय अब्दुल बक्स, सोही ठाउँका २७ वर्षीय स्नान बक्स र वडा नं.–१० बस्ने २७  वर्षीय उमेश बस्नेत छन् । 

उनीहरु पदमपुरको नविन सोनीको घरमा रहेको गोप्य सुचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध ब्युरो शाखाले छापा हानेको थियो ।

उनीहरुको साथबाट ५१ पुडिया लागुऔषध बरामद गरिएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप